आज असार २३ गते बिहिवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ असार २३ गते बिहिवारको राशिफल ।

मेष

रचनात्मक काममा जुट्ने समय छ । विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । प्रेम सम्बन्ध कसिलो होला ।

मिथुन

सन्तान पक्षको मायामा कमी आउनेछ । सहकर्मीबाट विरोध आउला । गरेको कार्यमा अवरोध आउला । प्रेमप्रसङ्गमा समेत नरमाइलोपन आउनेछ ।

सिंह

धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ व्यक्ति सँग भेटघाट हुनेछ । रोकिएको धन हात पर्ला । सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ ।

तुला

ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुनेछैन । सङ्कटको सामना गर्दै उपलब्धि हासिल गर्नु पर्नेछ ।

धनु

उन्नति एवं प्रगतिको वातावरण बन्नेछ । वैदेशिक र घरजग्गाको कारोबारमा सफलता मिल्नेछ । मेहनतीहरूका लागि दिन बढी फलदायी रहनेछ ।

कुम्भ

आज दबाब र तनाव बढेको महसुस हुनेछ । अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । काममा ढिलासुस्ती हुनेछ, तर आफन्तले सहयोग गर्नेछन् ।

बृष

आज शुभकार्यको चर्चा चल्नेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । मुद्दा मामिलामा विजयी प्राप्त हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहनेछ ।

कर्कट

आज रमाइलो यात्रा रहला । आकस्मिक धन लाभ हुनेछ । आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । सन्तान सुख पनि मिल्नेछ ।

कन्या

समाजसेवामा मन लाग्नेछ । पुरानो र रोकिएको काम दोहोर्याएर गर्दा सफलता मिल्नसक्छ । शेयर बजारमा गरेको लगानीले राम्रो प्रतिफल देला ।

बृश्चिक

विद्याको विकास हुनेछ । पार्टी तथा सेमिनारमा सहभागी भइएला । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला । आर्थिक लाभ पनि हुनेछ ।

मकर

आज साथीभाइबाट सहयोग लिने समय छ । नयाँ काम सुरु गर्ने समय छ । जोशजाँगर र उमंग बढ्ला । आर्थिक कारोबारमा सफलता पाइएला ।

मीन

श्रमको उचित मूल्याङ्कन हुनेछ । व्यवसायको सन्दर्भमा आदर्श व्यक्‍तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् ।

प्रकाशित मिति: २३ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्