प्रहरीले सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप
झापा, असार २३
झापामा सशस्त्र प्रहरी र नेपाल प्रहरीबीच बुधबार राति झडप भएको छ ।
जिल्लाको मेचीनगर नगरपालिका स्थित काँकडभित्तामा नाकामा दुई सुरक्षा निकायबीच झडप भएको हो ।
नेपाल प्रहरीले तस्करसँगको मिलेमतोमा सुपारी पठाउन खोज्दा सशस्त्रले रोकेपछि झडप भएको बताइएको छ ।
सो क्रममा नेपाल प्रहरीले सशस्त्रमाथि हातपात गरेको स्रोतले बतायो ।