चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न लागेका सुभास पक्राउ



काठमाडौं, असार २४
चेक चोरेर २ करोड २९ लाख रुपैयाँ निकाल्न लागेका सुभास भेटवाल पक्राउ परेका छन् । प्रहरी वृत्त बौद्धको टोलीले उनलाई बिहीबार दिउँसो पक्राउ गरेको हो ।

भेटवाललाई आपराधिक विश्वासघातको कसुरमा पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ । उनी आपराधिक विश्वासघातको कसुरमा पक्राउ पूर्जी जारी भएपछि फरार हुँदै आएका थिए।

जुवा खालमा चेक चोरेर विभिन्न मिति उल्लेख गरी २ करोड २९ लाख रुपैयाँ भरेको र रकम हत्याउन खोजिएको भन्दै सिन्धुलीका राजकुमार बरालले उजुरी दिएका थिए ।

सोही प्रकरणमा उनीविरुद्ध आपराधिक विश्वासघातको कसुरमा पक्राउ पूर्जी जारी भएको थियो । गत असोजमा जाहेरवाला बराल, भेटवालसहितका व्यक्ति तास खेलेका थिए।

रक्सी खाँदै तास खेल्दा आफ्नो सात थान चेक हराएको भन्दै बैंकमा ब्लक गराएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News