पुलको पिल्लरमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला



चितवन, असार २७
पूर्वी चितवनको रत्ननगरस्थित बेल्सी पुलमा झुण्डिएको अवस्थामा एक पुरूष मृत फेला परेका छन् ।

पुलको पिल्लरमा नाइनलको डोरीमा झुण्डिएको अवस्थामा पुरुषको शव फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रहरीका अनुसार आज बिहान सवा ६ बजे मृत भेटिएका ती पुरूष अन्दाजी ५० वर्षका छन् ।

उनको नाम, थर, ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News