नागढुंगा सुरुङमार्गमा अर्को साउनदेखि गाडी गुड्ने



काठमाडौं, असार २७
काठमाडौं उपत्यकाबाट बाहिरिने र भित्रने मुख्य नाका नागढुंगा–नौबिसे सुरुङमार्गमा अर्को साउनदेखि गाडी कुदाउन सकिने भएको छ ।

निर्माण आयोजनाका अनुसार आगामी वर्षसम्म सुरुङमार्गको काम सकेर गाडी कुदाउन मिल्नेगरी काम भइरहेको छ । नागढुंगा–नौबिसे सुरुङमार्ग आयोजनाका निर्देशक नरेशमान शाक्यले लक्ष्य पूरा गर्न अहिले दुई सिफ्टमा फुल फ्लेजमा काम भइरहेको बताएका छन् ।

शाक्यले हाल दैनिक १० देखि १२ मिटरसम्म सुरुङमार्ग खन्ने काम पूरा भइरहेको जानकारी दिएका छन् । कोभिडलगायतका कारण सुरुवाती चरणमा निर्माण आयोजना केही ढिला हुन गए पनि अहिले फुल फ्लेजमा काम सञ्चालन भइरहेको उनको भनाइ छ ।

सुरुङमार्गसँगै लाइनिङलगायत फिनिसिङको काम पनि सँगसँगै भइरहेको आयोजनाले जनाएको छ । अहिले दुवैतिरको पोर्टलमा गरी दैनिक ५ सय ४० जनाले काम गरिरहेका आयोजनाले जनाएको छ ।

निर्माण आयोजनामा मुआब्जाका विषयसमेत समस्यामा रूपमा रहँदै आएको छ । आयोजनाले भने मुआब्जा वितरणदेखि क्षतिपूर्तिका सम्पूर्ण कार्य अहिले अन्तिम चरणमा पुगेको जनाएको छ । आयोजनाले फ्लाइओभरका लागि मात्र ८० प्रतिशत मुआब्जा वितरण गरिसकेको र बाँकी २० प्रतिशत मुआब्जा रकम यही आर्थिक वर्षभित्र बाँड्ने योजना रहेको जनाएको छ ।

सुरुङ आयोजनाको निर्माणअन्तर्गत काठमाडौंतिर ओभरपास निर्माण सकिएको र बलम्बुमा फ्लाइओभर निर्माणको तयारी थालिएको आयोजनाको भनाइ छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News