आज असार २९ गते बुधवार, यस्तो छ तपाईंको राशिफल



काठमाडौं । आज २०७९ असार २९ गते बुधवारको राशिफल ।

मेष

एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । व्यवसायको सन्दर्भमा रमाइलो यात्रा होला । सन्तान सुख मिल्न सक्छ ।

मिथुन

आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । सामाजिक क्षेत्र र नोकरीबाट मानसम्मान मिल्नेछ । घर जग्गाको कारोबारमा सफलता मिल्ला ।

सिंह

मन मिल्ने साथीको सहयोग र हौसला मिल्नेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । रमाइलो यात्राको योग रहेको छ ।

तुला

आज धार्मिक र सांस्कृतिक कार्यमा सरिक हुने अवसर रहेको छ । प्रेमीले नयाँ स्थानको भ्रमण गर्ने प्रस्ताव राख्न पनि सक्छन् ।

धनु

विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागीको अवसर मिल्नेछ । भौतिक साधन जुटाउने समय छ । रमाइलो यात्राको योग रहेको छ ।

कुम्भ

आज कुनै कुराले मनमा शान्ति छाउनेछ । गरेको जागिरमा पद र प्रतिष्ठा बढ्नेछ । रोकिएका काम पुनः सुरु पनि हुन सक्छन् ।

बृष

आज मित्रहरूले दिएको वचन फेरिन सक्छ । व्यवसायमा मन्दी आउनेछ, तर मनको डरले सताए पनि व्यवहारमा फाइदा हुनेछ ।

कर्कट

आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसर जुट्ला । बन्दव्यापार र पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ ।

कन्या

कुनै रोगले दुस्ख दिन सक्ने योग छ । खानामा सतर्कता अपनाउनु राम्रो हुनेछ, विशेषगरी उत्तर दिशाको यात्रामा ध्यान पुर्याउनुहोला ।

बृश्चिक

तर्क, विवाद र प्रतिस्पर्धामा पकड भएको समय छ । एउटै आर्थिक कारोबारमा सफलता पाइएला । आफन्तले सहयोग गर्नेछन् ।

मकर

आज फजुल खर्चले चिन्ता बढाउनेछ । साना तिना समस्यामा अल्झिनुपर्ने देखिन्छ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ ।

मीन

लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । पर्यटकीय स्थलको भ्रमणले मन लोभ्याउनेछ । मङ्गल कार्यको योग छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News