कैलालीबाट लागूऔषधसहित तीनजना पक्राउ


 


कैलाली, असार २९
कैलालीमा लागूऔषधसहित तीनजना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर ९ शान्तिपुर बस्ने मेघराज पौडेलको घरबाट लागूऔषधसहित उनीहरु परेका हुन् ।

पौडेलको घर खान तलासी गर्दा घर भित्र राखेको ३५ ग्राम लागूऔषध बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

पक्राउ पर्नेमा घोडाघोडी नगरपालिका-२ शिबनगर बस्ने हिक्मत बहादुर बम, जोशिपुर गाउँपालिका-७ सिमरी बस्ने राम बहादुर सिराडी र गौरीगंगा नगरपालिका-९ शान्तिपुर बस्ने घर धनी मेघराज पौडेलको छोरा ईश्वमर पौडेल रहेका छन् ।

तालुक सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, जिल्ला प्रहरी कार्यालय कैलाली र ईलाका प्रहरी कार्यालय मसुरियाबाट खटिगएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा उनीहरुलाई पक्राउ गरेको हो ।

कैलाली जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्