डीएसपीले वडाअध्यक्षलाई स्वीमिङ पुलमा चोबले पछि…
तिलोत्तमा, साउन २
रुपन्देहीको तिलोत्तमा नगरपालिकाको चौथो नगरसभा आइतबार स्थगित भएको छ ।
९० सदस्यीय जनप्रतिनिधि रहेको सभामा आइतबार ४२ जनाको मात्रै हाजिरी भएपछि पुनः स्थगित भएको हो ।
साेही क्रममा तिलोत्तमा नगरपालिका–४ का वडाध्यक्ष हरिबहादुर क्षेत्रीलाई इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख डिएसपी ठगबहादुर केसीले स्वीमिङ पुलमा खसालेका थिए ।
आइतबार बजेट पास गर्नका लागि बोलाइएको नगरसभामा मेयर रामकृष्ण खाँडलाई अवरोध गर्न खोजेको भन्दै डिएसपी केसीले उनलाई धकेलेर पुलभित्र फालेका हुन् ।