सहकारीका अध्यक्ष श्रेष्ठले म्यानेजरलाई फसाउन स्कुटरमा पेस्तोल राखे !



काठमाडौं, साउन ३
ललितपुरको सहयोगी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अनिल श्रेष्ठ पक्राउ परेका छन् । आफ्नै म्यानेजरको स्कुटरमा गोलीसहितको पेस्तोल राखिदिएको आरोपमा श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

सुरुमा सहकारीका म्यानेजर श्यामकृष्ण श्रेष्ठ पक्राउ परे पनि अनुसन्धानका क्रममा उनलाई आफ्नै अध्यक्षले फसाएको खुलेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ । महालक्ष्मी नगरपालिका ८ लुभुका सहकारीका म्यानेजर ५४ वर्षीय श्यामकृष्ण श्रेष्ठ गत असार १३ गते पक्राउ परेका थिए।

श्यामकृष्ण चढ्ने प्रदेश ३–०२–०१२ प ६२४१ नम्बरको स्कुटरमा २ राउण्ड गोलीसहितको पेस्तोल फेला परेको थियो । उनलाई फसाउन सहकारीका अध्यक्ष अनिल श्रेष्ठ र पूर्वउपाध्यक्ष अख्खनदास श्रेष्ठले पेस्तोल राखेको खुलेसँगै उनीहरु पक्राउ परेका छन्। श्यामकृष्ण भने निर्दोष रहेको पाइएपछि छाडिएको ललितपुर प्रहरीले जनाएको छ।

बहुविवाहको मुद्दाका कारण उनीहरुबीच दुस्मनी सुरु भएको अनुसन्धानबाट खुलेको छ । यस्तै अर्का व्यक्ति पनि अनुसन्धानको दायरामा आएका छन् । उनी सोही सहकारीका निवर्तमान उपाध्यक्ष लुभुका ५० वर्षीय अख्खनदास श्रेष्ठ हुन् ।

अख्खनदासमाथि चाबीको बारेमा सोधपुछ गर्दा उनले पनि अनिललाई २५ दिनअगाडि नै चाबी बुझाइसकेको खुलेको छ । पक्राउ परेका अन्य दुई जनामाथि हातहतियार तथा खरखजाना, आपराधिक षड्यन्त्र मुद्दामा जिल्ला अदालत ललितपुरबाट हिरासतमा राख्न प्रहरीले अनुमति लिएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News