सिन्धु नदीमा डुंगा दुर्घटना हुँदा २३ जनाको मृत्यु, २६ जना बेपत्ता



एजेन्सी, साउन ४
सिन्धु नदीमा डुंगा डुब्दा २३ जनाको मृत्यु भएको छ भने २६ जना बेपत्ता रहेका छन् ।

एकसय जनाभन्दा बढी विवाहका पाहुना बोकेको डुंगा रहिम यार खान सहर नजिक सिन्धु नदीमा डुबेको हो ।

राज्य सञ्चालित उद्धार सेवाका ३५ जना गोताखोर खोजी तथा उद्धारमा खटिएका र उनीहरूले ९० जनालाई उद्धार गरेका सरकारी अधिकारीहरूले बताएका छन्। क्षमताभन्दा बढी यात्री बोकेका कारण डुंगा डुबेको अनुमान गरिएको छ।

दुर्घटनामा ज्यान गुमाउने अधिकांशमा महिला छन्। आपतकाल व्यवस्थापन प्राधिकरणका अनुसार १९ जना महिलाको शव नदीबाट निकालिएको छ। डुंगामा धैरे महिला र बालबालिका सवार थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News