काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि, संक्रमितको संख्या ३४ पुग्यो



काठमाडौं, साउन ५
काठमाडौंमा थप तीन जनामा हैजा पुष्टि भएको छ । थपिएकासँगै एक महिनामा हैजा पुष्टि हुनेको सङ्ख्या ३४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

उनीहरुको उपचार भइरहेको छ । हैजा सङ्क्रमण भएकामध्ये २० जना पुरुष र १४ जना महिला रहेका छन् । हैजा पुष्टि हुनेमा सबैभन्दा धेरै १५ वर्षदेखि २४ वर्ष उमेर समूहका छन् । यो उमेर समूहका १० जनामा हैजा पुष्टि भएको छ ।

गएको असार दुई गते पहिलो पटक काठमाण्डौमा हैजा पुष्टि भएको थियो । घर र कार्यस्थलमा भण्डारण गरिएको धाराको पानी, जारको पानी र जमिनमुनिको पानीको चार नमुनामा दिसामा पाइने कोलिफर्म जीवाणु भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News