एनएमबी बैंकको नाफा ३ सय प्रतिशत बढ्यो



काठमाडौं, कार्तिक २२
एनएमबी बैंकको चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नाफा झण्डै ३ सय प्रतिशत बढेको छ । असोजसम्ममा बैंकले ३८ करोड ६१ लाख रुपैयाँ नाफा गरेको छ ।
अघिल्लो वर्षको पहिलो त्रैमासमा बैंकले १४ करोड २८ लाख रुपैयाँमात्र नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा नाफा २५ करोड रुपैयाँ बढेको बैंकले सोमबार सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय प्रतिवेदनमा उल्लेख छ ।
गत आवमा बैंकले १ अर्ब १५ करोड ६२ लाख रुपैयाँ नाफा गरेको थियो । क्लिन इनर्जी डेभलपमेन्ट बैंक गाभिएपछि बैंकको नाफा, निक्षेप परिचालन र कर्जा लगानी विस्तार भएको हो ।
पहिलो त्रैमासमा बैंकको निक्षेप परिचालन  घटेको छ । चालु आवको असोजसम्म बैंकको निक्षेप ६३ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ । गत असारसम्म बैंकको निक्षेप ६४ अर्ब ९४ करोड रुपैयाँ थियो ।
बैंकका अनुसार चालु आवको असोजसम्म ५६ अर्ब ९१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत असारसम्म बैंकले ५३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेको थियो । चालु आवको त्रैमासमा बैंकको खराब कर्जा अनुपात बढेर १.८ प्रतिशत पुगेको छ । गत वर्ष यस्तो कर्जा अनुपात १ प्रतिशत तल थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News