‘कुकुर मार्छु’ भन्ने प्रस्ताव गर्ने वडाध्यक्षविरुद्ध उच्च अदालतमा रिट



काठमाडौं, साउन ५
काठमाडौं महानगरपालिका-३० का वडाध्यक्ष दलबहादुर कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको छ ।

सामुदायिक ‘कुकुर मार्छु’ भन्ने अभिव्यक्ति दिने वडाध्यक्ष कार्कीविरुद्ध उच्च अदालत पाटनमा रिट परेको हाे ।

पशु कल्याण संघ नेपालका सचिव रुपक कोइराला र कोषाध्यक्ष विकेशकुमार श्रेष्ठले वडाध्यक्ष कार्की विरुद्ध रिट दिएका हुन् ।

वडाध्यक्ष कार्कीले पहिले पनि आफूले सामुदायिक कुकुर मारेको र अहिले पनि औषधि खोज्दै हिँडेको भन्दै आइतबारको कार्यपालिका बैठकमा एकै दिन २५ सय कुकुर मार्ने प्रस्ताव गरेका थिए ।

कार्यपालिका बैठकमै यस्तो प्रस्ताव भएको हुँदा जुनसुकै समयमा पनि सामुदायिक कुकुर मार्न सक्ने गरी निर्णय हुन सक्ने सम्भावना रहेको भन्दै यो विवादको अन्तिम टुंगो नलागेसम्मका लागि तत् सम्बन्धी कुनै निर्णय नगर्न नगराउन निवेदकद्वयले रिटमा माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News