अमेरिकी राष्ट्रपति बाइडेनलाई कोरोना पुष्टि


 


एजेन्सी, साउन ६
अमेरिकी राष्ट्रपति जो बाइडेनलाई कोरोना पुष्टि भएको छ । सामान्य लक्षण देखिएका बाइडेनको परीक्षणमा पोजेटिभ देखिएको हो ।

बाइडेनले खोपको पूर्ण मात्रा लगाएको र बुस्टर डोज समेत लिएको ह्वाइट हाउसले जनाएको छ।

उनलाई सुख्खा खोकी लगायतका लक्षण रहेको सञ्चार माध्यमहरुले जनाएका छन् ।

प्रथम महिला जिल बाइडेनको परीक्षण भने नेगेटिभ रहेको बताइएको छ ।

प्रकाशित मिति: ६ श्रावण २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्