फोटो खिच्ने क्रममा सुन्दरीजलमा खसे एक किशोर



काठमाडौं, साउन ८
काठमाडौंको सुन्दरीजल खोलामा खसेर शनिबार दिउँसो एक किशोर बेपत्ता भएका छन् ।

विदा मनाउन साथीहरूसँग घुम्न गएका कपनका १६ वर्षीय सुमन श्रेष्ठ बेपत्ता भएका हुन् ।

आज दिउँसो सवा ४ बजेतिर खोलामा फोटो खिच्ने क्रममा बेपत्ता भएको स्थानीयले प्रहरीलाई जानकारी दिएका छन् । उनीसँगै अन्य सात जना घुम्न भनेर सुन्दरीजल पुगेका थिए ।

बेपत्ता भएका उनको नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको विशेष टोलीले खोजी गरिरहेको प्रहरी वृत्त बौद्धले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News