गायिका दिलमाया हत्या प्रकरण : प्रेमी श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश



काठमाडौं, साउन ९
लोक दोहोरी गायिका दिलमाया सुनारको हत्या आरोपी सूर्य श्रेष्ठ कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंले सुनारकै प्रेमी भनिएका सिन्धुपाल्चोकका सूर्य भनिने खिलबहादुर श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाएको हो । गत विहीबार श्रेष्ठविरुद्ध कर्तव्य ज्यान कसुरमा जन्मकैदको सजायको माग गर्दै मुद्दा दर्ता गरिएको थियो ।

असार ११ गते शनिबार बिहान करिब ११ बजेतिर नेपालटारस्थित आफ्नै कोठामा गायिका सुनार मृत भेटिएकी थिइन् । त्यसको भोलिपल्ट असार १२ गते गायिका सुनारकै प्रेमी भनिएका श्रेष्ठ पक्राउ परेका थिए ।

प्रारम्भिक अनुसन्धानमा आत्महत्या भएको हुनसक्ने बताइए पनि विस्तृत अनुसन्धान गर्दा हत्या भएको खुलेपछि कर्तव्य ज्यानको कसुरमा मुद्दा दर्ता गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News