एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोडको आयात, व्यापार घाटा झनै चुलियो



काठमाडौं, साउन १०
हरेक वस्तुमा परनिर्भरता बढेसँगै एकै वर्षमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको आयात भएको पाइएको छ ।

भन्सार विभागको गत आर्थिक वर्ष २०७८/७९ को तथ्यांकअनुसार बितेका १२ महिनामा नेपालले यति धेरै वस्तु तथा सामान आयात गरेको हो । यो अहिलेसम्मकै नयाँ रेकर्ड भएको विभागको दाबी छ ।

विभागका अनुसार गत आर्थिक वर्ष नेपालमा १९ खर्ब २० अर्ब ४४ करोड ८३ लाखको सामान आयात भएसँगै नयाँ रेकर्ड कायम भएको हो । अघिल्ले वर्ष सोही अवधिमा १५ खर्ब ३९ अर्ब ८३ करोड ७० लाखबराबरको वस्तु आयात भएको थियो । गत १२ महिनाको अवधिमा यति धेरै वस्तु आयात भएको छ ।

विभागका अनुसार नेपालले एक वर्षको अवधीमा कुल १९ खर्ब २० अर्ब ४४ करोड ८३ को आयात गर्दा कुल २ खर्ब ३ करोड ९ लाखको वस्तु निर्यात भएको छ ।

अघिल्लो आर्थिक वर्षमा नेपालबाट कुल १ खर्ब ४१ अर्ब १२ करोड ४० लाखबराबरको सामान निर्यात भएको थियो । तथ्यांकले निर्यातको तुलना गर्दा आयातमा वृद्धि भई व्यापार घाटामा झनै चुलिएको देखाएको छ ।

अघिल्लो वर्षको तुलनामा आयात २४ दशमलव ७२ प्रतिशतले बढेको छ । ४१ दशमलव ७४ प्रतिशतले निर्यातमा वृद्धि भएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News