इन्धन अभावका कारण श्रीलंकामा अस्पताल बन्द हुने अवस्थामा



एजेन्सी । श्रीलंकामा इन्धन र औषधि अभावका कारण अस्पताल बन्द हुने अवस्थामा पुगेका छन् ।

शल्यक्रिया उपकरण र जीवन बचाउने औषधिहरूको आपूर्ति लगभग ठप्प भएपछि अस्पतालहरूको यस्तो नाजुक अवस्थामा पुगेको हो ।

चिकित्सक र बिरामीहरू समेत यातायात मार्फत सहज रूपमा हिंडडुल गर्न सक्ने अवस्थामा नभएको जनाइएको छ । श्रीलंकाले ८५ प्रतिशत भन्दा बढी औषधि र चिकित्सकीय उपकरण आयात गर्छ ।

तर यतिबेला विदेशी मुद्राको अभावले आयात सहज गर्न सकिरहेको छैन् । अर्थव्यवस्था अत्यन्त नाजुक अवस्थामा पुगिसकेको छ । जसका कारण अस्पताल नै बन्द हुने अवस्थामा पुगेको हो ।

श्रीलंकाका ९० प्रतिशत भन्दा बढी जनता सार्वजनिक स्वास्थ्य सेवामा निर्भर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News