अमेरिकी ड्रोन हमलामा अल कायदाका मुख्य नेता जवाहिरी मारिए



एजेन्सी, साउन १७
अमेरिकाले अफगानिस्तानमा ड्रोन हमलामा अलकायदाका नेता अयमान अल जवाहिरी मारिएका छन् । अमेरिकी राष्ट्रपति जो वाइडेनले जवाहिरी मारिएको पुष्टि गरेका हुन् ।

अफगानिस्तानको राजधानी काबुलमा आइतबार सीआईएले गरेको प्रतिआतंकवाद कारबाहीमा उनको मृत्यु भएको बताइएको छ । ‘जवाहिरीले अमेरिकी नागरिकहरूविरुद्ध हत्या र हिंसाको ट्रेल कोरेका थिए’, वाइडेनले भने, ‘अब न्याय दिइएको छ र यी आतंकवादी नेता रहेनन्।’

अधिकारीहरुले जवाहिरी एक सुरक्षित घरको बार्दलीमा रहेको बेला ड्रोनले उनीमाथि दुईवटा मिसाइल प्रहार गरेको थियो। परिवारका अन्य सदस्यहरू त्यहाँ उपस्थित भए पनि उनीहरुलाई कुनै हानी नभएको र जवाहिरीको मात्र मृत्यु भएको उनीहरुको भनाइ छ।

अमेरिकी राष्ट्रपति वाइडेनले ७१ वर्षीय अल(कायदा नेतामाथि ‘सटीक आक्रमण’ का लागि अन्तिम स्वीकृति दिइएको बताए।सन् २०११ मा ओसामा बिन लादेनको मृत्युपछि जवाहिरीले अलकायदाको जिम्मेवारी लिएका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News