मिथिलामा ‘लगपाँच’ पर्व मनाइँदै


 


महोत्तरी, साउन १७
मधेस प्रदेशको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा आज घरघरमा ‘लगपाँच’ पर्व मनाइँदै छ । सर्प ९नाग० प्रजातिका जीवको पूजाआराधना गरिने यो पर्व हिन्दू मैथिल परम्परामा चाडपर्व प्रारम्भ भएको सूचनाका रूपमा लिइन्छ ।

साउन शुक्ल पञ्चमीका दिन बसोबासको मूल घरका चारैतिर भित्तामा गाईको गोबरले नागको चित्र कोरेर दुबो, सिन्दूर र अक्षता चढाई नाग देवताको आराधना गरिन्छ ।

घरमुली गृहिणीले ‘लगपाँच’ का दिन सखारै पवित्र स्नान गरेर भित्तामा नाग चित्र कोरेर पूजा आराधना गर्दै सर्पले रुचाउने भोजन दूध, लावा (भुटेको धान, जुनेलो) चढाउँछन् ।

साउन मध्य बर्खाभित्र पर्ने र यो बेला सर्पादिको भय हुने हुँदा नाग पूजाको परम्परा चलेको मैथिल पुरोहित बताउँछन् । घरको भित्तामा गाईको गोबरले नागचित्र कोरेर पूजा गरिएपछि वर्षभरि सर्पको भय नहुने जनविश्वास रहेको छ ।

पर्वमा घरका चारै सुरका भित्तामा नागचित्र कोरिनसँगै मुख्यद्वारमा कागजमा कोरिएको (बनाइएको) चित्र पनि टाँसिन्छ ।

प्रकाशित मिति: १७ श्रावण २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्