प्रहरीका बुट खरिदमा ६ करोड घोटला, डिएसएम बुट गुणस्तरहीन



१८ साउन, काठमाडौं । नेपाल प्रहरीले डिएसएम बुट खरिद गर्दा बजार मूल्यभन्दा दोब्बर मूल्य तिरेको पाइएको छ ।

कर्नवाल बिजनेस ट्रेडर्सको नाममा मोर्डन सुज लिमिटेडबाट उत्पादित फाइटर सुज किन्दा दोब्बर मूल्य परेको हो ।

व्यापारी केशर प्रधानको कर्नवाल बिजनेस ट्रेडर्स कम्पनीले २ हजार ६ सय ५० मूल्यमा टेण्डर पारेको थियो ।

सोही अनुसार उनको कम्पनीले जिल्ला प्रहरी कार्यालयमा पठाएको डिएसएम बुट गुणस्तरहीन परेको हो ।

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काठमाडौंबाट ति बुट खरिद गरेर जिल्ला जिल्लामा पठाइएको थियो ।

१३ करोड ५० लाख रुपैयाँबराबरको डिएसएम बुट खरिद गर्दा करिव आधा रकम घोटाला भएको अनुमान गरिएको छ । नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News