सप्तकोसीको बाँध फुटेर पश्चिमतर्फ पस्यो : २० हजार प्रभावित, ५ हजारको उद्धार


 


काठमाडौं, साउन १८
अविरलको वर्षासँगै आएको बाढीले सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा नदीको बाँध फुटेको हो ।

नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । २०३० सालसम्म सप्तकोसी नदी सोही धारबाट बग्ने गरेको थियो ।

अहिले पुनः सोही धारबाट नदी बग्दा नदीले उकासेको क्षेत्रमा बसोबास गरेका बेलकाका २३ सय परिवार विस्थापित हुने अवस्थामा पुगेका छन् । अहिलेसम्म ५ हजार जतिलाई सुरक्षित स्थानमा सारिएको छ।

अरुलाई सार्ने काम भइरहेको बेलका नगरपालिकाका मेयर अशोक कार्कीले जानकारी दिए । बेलकामा मात्रै नदी पश्चिम तर्फ सोझिँदा २० हजार नागरिक प्रभावित हुने उनले बताए । नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीयले उद्धारको काम गरिरहेका छन् ।

प्रकाशित मिति: १८ श्रावण २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्