नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका गहना व्यवसायीलाई कैलाली पठाइयो



काठमाडौं, साउन १९
मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजबाट पक्राउ परेका सन्तोष लामिछानेलाई कैलाली पठाइएको छ ।

बुधबार पक्राउ परेका लामिछानेलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको हो ।

कैलाली प्रहरीको सूचनापछि प्रहरी प्रधान कार्यालय विशेष ब्यूरोबाट खटिएको टोलीले मुम्बई उड्नका लागि जहाजमा चढेका लामिछानेलाई पक्राउ गरेको थियो।

उनी धनगढी २ स्थित सौगात सुनचाँदी पसलका सञ्चालक हुन् । पक्राउपछि लामिछानेलाई प्रहरी वृत्त गौशालामा राखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News