कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह



काठमाडौँ, साउन १९
बाढी पुर्वानुमान महाशाखाले बिहीबार र शुक्रबार कोसी र नारायणी आसपासको तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

बिहीबार र शुक्रबार कोसी र नारायणी नदीको जलसतह केही घट्ने रहेतापनि सतर्कता तह आसपास नै रहने पूर्वानुमान रहेकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरिएको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार केही स-साना नदीहरुमा बहाव बढ्ने र केहीमा आकस्मिक बहाव समेत हुन सक्ने पूर्वानुमान छ ।

दुई महिनायता पश्चिम धार कटान गर्दै आएको सप्तकोसीको बाढी बुधबार उदयपुरको बेलका नगरपालिका–८ डुम्रिबोटेबाट तल्लो तटीय क्षेत्र पसेको छ । पहाडी क्षेत्रमा लगातारको वर्षासँगै कोसीमा आएको बाढीले कटान तीव्र भइरहेको हो । डुम्रिबोटेमा झन्डै ३ सय मिटर जमिन कटान गरी कोसी बस्ती पसेको छ । नगरपालिकाको १, २, ३, ८ र ९ तथा सुनसरी बराह क्षेत्रका ६ र ९ वडाका धौरीटापु, श्रीलंका टापु, भागलपुर, करैया, तपेश्वरीलगायत बस्ती जोखिममा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News