निजगढ विमानस्थलबारे अध्ययन गर्न विज्ञ समूह गठन, ३० दिनभित्र प्रतिवेदन बुझाउने



काठमाडौं, साउन २०
निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे अध्ययन गर्न सरकारले १० सदस्यीय विज्ञ समूह गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले मन्त्रिपरिषद्‌मा पेस गरेको प्रस्ताव अनुसार निजगढमै विमानस्थल बनाउन विज्ञ समूह गठन गरिएको हो।

नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजाको संयोजकत्वमा गठित विज्ञ समूहमा पूर्वसचिव रामेश्वर खनाल, सूर्यराज आचार्यसहित वन तथा वातावरण विज्ञ, समाजशास्त्रीलगायत प्रतिनिधि रहेका छन्।

विज्ञ समूहलाई ३० दिनभित्र अध्ययन सकेर प्रतिवेदन बुझाउने सयम दिइएको छ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News