युरेनियमको खोजिमा प्रहरीको विशेष ब्युरो सक्रिय



काठमाडौं, साउन २०
नेपालमा युरेनियम रहेको सूचनासँगै नेपाल प्रहरीको विशेष ब्युरोले खोजीमा सक्रियता देखाएको छ। भारतीय सुरक्षाकर्मीको एउटा टोली नेपालमै आएर युरेनियमको खोजी गर्न थालेपछि नेपाल प्रहरीको विशेष ब्युरोले पनि सक्रियता देखाएको हो।

असार अन्तिम साता भारतीय प्रहरीको सेन्ट्रल ब्युरो अफ इन्भेस्टिगेसन (सिबिआई) र भारतीय गुप्तचर निकाय रिसर्च एन्ड एनालिसिस विङ (रअ)को ६ सदस्यीय टोली नेपाल आएर युरेनियम खोजीमा जुटेको थियो।

भारतीय सुरक्षा अधिकारीले नेपालमा २७ केजी युरेनियम रहेको दाबी गरेका छन् । भारतीय टोलीले युरेनियम फेला नपारेपछि नेपाल प्रहरीको टोली त्यसको खोजीमा सक्रिय भएको हो।

सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोका अधिकारीले यो विषयमा आफूहरू नलाग्ने बताएपछि भारतीय सुरक्षा अधिकारीले नेपाल प्रहरीको विशेष ब्युरोलाई अनुसन्धानमा सघाउन आग्रह गरेको स्रोतको दाबी छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News