पाँच वटा सवारी साधन एक आपसमा ठोक्कियो



मकवानपुर, साउन २३
मकवानपुरको हेटौँडामा पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडामा रिलायन्स इङ्लिस बोर्डिङ स्कुल बससहित पाँच सवारी एक आपसमा ठोक्किँदा दर्जन बढी घाइते भएका छन् ।

बिहान साढे नौ बजेको समयमा हेटौँडा-१५ को रातोमाटे वन नर्सरी नजिक एक स्कुल बस, दुई ट्याङ्‌कर, एक तेलको ट्याङ्‌कर र एक कार ठोक्किएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले बताए ।

उनका अनुसार पाँच वटा सवारी ठोक्किँदा १५ जना सामान्य घाइते भएका छन् । उनले भने, ‘मानविय क्षति भएको छैन् । सबैलाई हेटौँडा अस्पताल ल्याइएको छ ।’

घाइतेको एक्स रे गर्न बाँकी रहेकाले अवस्था यकिन नभएको प्रहरीले जनाएको छ । रिलायन बसका चालक ६७ वर्षीय श्यामबहादुर स्याङ्तानको भने टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । अन्य घाइते हुनेमा चालक र विद्यार्थीहरू रहेका छन् । घटनाको बिस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News