जनै पूर्णिमा र गाईजात्रा भोलि एकैदिन


 


काठमाडौं, साउन २६
यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ ।

नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७ बजेर २५ मिनेटसम्म रहने छ ।

शुक्रबार नै प्रतिपदा पनि सुरू हुने भएकाले एकै दिन जनैपूर्णिमा र गाईजात्रा पर्व मनाउनु पर्ने समितिको भनाइ छ ।

शुक्रबार बिहान ७ बजेर २५ मिनेटमा पूर्णिमा तिथि सकिने भएपनि रक्षाबन्धन तथा जनै धारण गर्न मिल्ने पनि समितिले जनाएको छ ।

नेवार समूदायले जनै पूर्णिमाको भोलिपल्ट अर्थात प्रतिपदाको दिन वर्षभरी दिवंगत भएका आफन्तहरुको सम्झनामा गाईजात्रा निकाल्ने गर्दछन् ।

प्रकाशित मिति: २६ श्रावण २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्