गुप्तचरमा थापा र जोशी अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा बढुवा



काठमाडौं, साउन २७
सरकारले राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त मुख्य अनुसन्धान निर्देशकमा दुई जनालाई बढुवा गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले हुतराज थापा र ओम जोशीलाई राष्ट्रिय अनुसन्धान विभागको एआईजी सरहको पदमा बढुवा गरेको हो ।

थापा तेस्रो नम्बर वरियताका प्रतिष्पर्धी थिए । थापा हाल राअविको राजधानी प्रमुख थिए भने जोशी मधेश प्रदेशको कमाण्ड गरिरहेका थिए ।

हालका राष्ट्रिय अनुसन्धान विभाग प्रमुख यदुलाल खरेलले २३ भदौबाट अवकाश पाउँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News