राजपुतको विषयमा राष्ट्रपतिले देखाइन् चासो, कानुनमन्त्री र महान्यायाधिवक्तासँग गरिन् छलफल


 


काठमाडौं, साउन २९
राष्ट्रपति विद्यादेवी भण्डारीले निहारिका राजपुतको विषयमा चासो देखाएकी छन् । निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।

राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् ।

निहारिकाले आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी छन् ।

उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै अनशनसमेत बसेकी थिइन् । घटनाको अनुसन्धान सुरुवातदेखि नै मुद्दा कमजोर बनाउने गरी भएको भन्दै पुनः प्रारम्भदेखि जाँच गरिनुपर्ने उनको माग छ । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।

प्रकाशित मिति: २९ श्रावण २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्