प्रचण्डको प्रस्ताव जनार्दन शर्माले गरे ठाडै अस्वीकार


 


काठमाडौं, भाद्र ३
अर्थमन्त्री जनार्दन शर्माले माओवादी केन्द्रको उपमहासचिव पद अस्वीकार गरेका छन् । श्रोतका अनुसार शर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर आफू उपमहासचिव नबस्ने जानकारी दिएका हुन् ।

दुई प्रभावशाली नेता वर्षमान पुन र शर्मा महासचिवका बलिया दाबेदार थिए । दुईमध्ये एकलाई बनाउँदा अर्को चिढिने भन्दै प्रचण्डले देव गुरुङलाई महासचिव तथा पुन र शर्मालाई उपमहासचिव प्रस्ताव गर्ने तयारी गरेका थिए ।

शर्माले उपमहासचिव नराख्न आग्रह गर्दै आफू स्थायी समितिमा मात्र रहने बताएका छन् । पदाधिकारी चयन गर्न हिजो बस्ने भनिएको स्थायी समिति बैठक आजका लागि सरेको थियो । बैठकले पदाधिकारीको टुंगो लगाउने नेताहरुले बताएका छन् ।

पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा जम्मा ७ नेताले आफ्नो दाबी पेश गरेका छन् । नेताहरु देव गुरुङ, वर्षमान पुन, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, हरिबोल गजुरेल, शक्ति बस्नेत र पम्फा भुसालले महासचिवमा दाबी गरेका छन् । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी भने यसअघि नै नेता नारायणकाजी श्रेष्ठले पाइसकेका छन् ।

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्