Deshko News
११ आश्विन २०८०, बिहिबार

भारतले गण्डक नहरमा सम्भौताअनुसार पानी नछोड्दा कृषक मारमा



काठमाडाैँ, भाद्र ५
छिमेकी देश भारतले गण्डक नहरमा सम्भौताअनुसार पर्याप्त पानी नछोड्दा नहरको पानी वितरणमा समस्या भएको छ । भारतले हाल नहरमा ४ सयदेखि ४ सय ५० क्युसेकसम्म मात्र पानी पठाइरहेको छ ।

जसका कारण सिंचाइ हुन नसक्दा धानखेत पटपटी फुदन थालेको र धानबाली सुकेको किसानले दुखेसो पोखेका छन्।

मागअनुरूप सिंचाइका लागि पानी वितरण गर्न नसकिएको नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका इन्जिनियर सुबोध कुशवाहाले बताए । गण्डक सम्भौताअनुसार भारतले बर्सेनि धानबालीका लागि असार १५ र गहुँबालीका लागि पुस १० देखि नहरमा ८ सय ५० क्युसेक पानी पठाउनुपर्छ ।

नवलपरासीको भैसालोटनस्थित नेपाल(भारत सीमामा निर्मित व्यारेजबाट भारतले नहरमा पानी छोड्ने गर्छ । यो समाचार नेपाल समाचार दैनिकमा छ ।

प्रकाशित मिति: ५ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News