भारतमा ५ सय र १ हजारका नोटहरुमा प्रतिबन्ध


 


500_front

काठमाडौं, कात्तिक २४
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ५ सय र १ हजारका पुराना नोटहरु नचल्ने घोषणा गरेका छन् ।
मोदीले मंगलबार राती १२ बजे देखि उक्त नोटहरु नचल्ने घोषणा गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले आउने दिनहरुमा २ हजार र ५ सयका नयाँ नोटहरु चल्तीमा ल्याइने तथा पुराना यी नचल्ने नोटहरु डिसिम्बर ३० तारिक सम्म साटन सकिने घोषणा गरेका हुन् ।

कालो बजारी र भ्रष्टाचार नियन्त्रण गर्न उनले यस्तो घोषणा गरेको सञ्चारमाध्यमले जनाएका छन् ।

५ सय र एक हजारको नोट बाहेक अरु सबै सिक्का र नोटहरु यथावत नै रहनेछन् । नोभेम्बर ११  को राती १२ बजेसम्म सबै सरकारी अस्पतालमा पुरानो ५ सयको नोट चल्नेछ। ७२ घन्टासम्म टिकट बुकिङ काउन्टर, सरकारी बस टिकट काउन्टर, हवाइ अड्डामा समेत पुरानो नोट चल्ने छन् ।

प्रकाशित मिति: २३ कार्तिक २०७३, मंगलबार

प्रतिक्रिया दिनुहोस्