बलात्कार अभियोगमा पक्राउ परेका कराँतेका दुई प्रशिक्षक पुर्पक्षका लागि थुनामा


 


मोरङ, भाद्र ७
बलात्कार अभियोगमा पक्राउ परेका विराटनगरका दुई जना कराँते प्रशिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । मोरङ जिल्ला अदालतले सोमबार उनीहरूलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो।

एक जना १९ वर्षीया छात्रालाई बेहोस पारेर पटक-पटक बलात्कार गरेको आरोपमा कराँते प्रशिक्षकद्वय विनोद राउत र सुरज सुवेदी साउन ८ मा पक्राउ परेका थिए।

मोरङ जिल्ला अदालतका न्यायाधीश राजेशकुमार कटुवालको एकल इजलासले उनीहरूलाई थुनामा पठाउने आदेश गरेको हो।

अदालतको आदेशपछि दुवै जना पुर्पक्षको लागि मोरङ कारागार चलान भएका छन् । बिहीबार सरकारी वकिल कार्यालय मोरङले उनीहरूविरूद्ध जबरजस्ती करणी मुद्दा दर्ता गरेको भएको थियो ।

१९ वर्षीया एक किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा उनीहरू पक्राउ परेका थिए । इटहरीकी ती किशोरीले राउत र सुवेदीले आफूलाई पटक–पटक सामूहिक बलात्कार गरेको उजुरी गरेकी थिइन् ।

प्रकाशित मिति: ७ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्