अल्फाबिटामा जब बालेनको डोजर चल्यो …


 


काठमाडौं, भदौ ९
अवैधरूपमा बनाइएका संरचना भत्काउने क्रममा आज काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बुद्धनगरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाए ।

अल्फाबिटाका मालिकले भवनको नक्सा आफूसँगै मागेपछि अफिसमा गएर नक्सा र डोजर लिएर आएको उनको भनाइ छ ।उनको यो एक्सनले सामाजिक सञ्जालमा व्यापक समर्थन पाएको छ ।

सामाजिक सञ्जालको समर्थनले बालेन पनि उत्साहित देखिन्छन् । डोजर चलाउन निर्देशन दिएर अल्फाबिटाबाट हिँडेलगत्तै उनले एउटा स्टाटस पोस्ट गरेका छन् ।

यस्तो छ उनले फेसबुकमा लेखेको स्टाटस
‘मैले अफिस गएर नक्सा र डोजर लिएर गएँ । मैले के बिराएँ रु’ उनले भनेका छन् ।

अब उप्रान्त यस्तो गर्नु नपरोस् भन्ने उनको कामना छ । सबैले आफैं बुझेर अवैधरूपमा बनाइएका संरचना हटाइदिन बालेनले आग्रह गरेका छन् ।

‘नक्सा जसरी पास भएको छ, त्यहीअनुसार बनाइदिनुहोला,’ उनले भनेका छन् ।

प्रकाशित मिति: ९ भाद्र २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्