गाउँपालिका अध्यक्ष गुप्ताविरुद्ध पक्राउ पुर्जी जारी


 


नवलपरासी, भाद्र २० पश्चिम नवलपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्ताविरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । लागूऔषध मुद्दामा दुई भारतीय नागरिकलाई नियतवश फसाइएको फसाएको आरोपमा गुप्तालाई पक्राउ पुर्जी जारी भएको हो ।

गुप्ताकै योजनामा भारतीय नागरिकलाई नक्कली मुद्दा चलाउन खोजेको पुष्टि भएको सरकारी वकिल कार्यालयले जनाएको छ । गत २२ असारमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट भारतीय नागरिक ४० वर्षीय रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई पक्राउ गरेको थियो ।

कवाडीको कारोबार गर्ने रामा गुप्ता र जीतेन्द्र पासवनलाई लागूऔषध ओसारपसार गरेको भन्दै पक्राउ गरेको थियो। थुनामा रहनुभन्दा अघि गुप्ता र पासवानले अध्यक्ष गुप्तासँग कवाड सामानको कारोबार गर्दै आएका थिए ।

गुप्ताले अध्यक्ष बैजुप्रसादबाट एक करोड ३३ लाख रुपैयाँ पाउनुपर्ने थियो । सोही रकम हडप्नकै लागि गाउँपालिका अध्यक्षले आर्थिक चलखेल गरेको आरोप लागेको छ । पक्राउ परेका दुवै जनाविरुद्ध अहिले मुद्दा चलिरहेको छ ।

पक्राउ पुर्जी जारी भएका गुप्ता १० दिनदेखि कार्यालयमा नआएको र उनको खोजीकार्य भैरहेको जिल्ला प्रहरी कायृालय पश्चिम नवलपरासीले जनाउको छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्