मुख्यमन्त्री राईलाई मातृशोक


 


विराटनगर, भदौ २०
प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई मातृशोक परेको छ । उहाँकी आमा धनकुमारी राईको ८४ वर्षको उमेरमा आज बिहान १०ः२५ बजे विराटनगरमा निधन भएको छ ।

स्वास्थ्य समस्या जटिल बन्दै गएपछि उहाँको विराटनगरस्थित मोरङ सहकारी अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको थियो । उहाँ श्वासप्रश्वासलगायतका समस्याबाट ग्रसित हुनुहुन्थ्यो ।

उहाँको पार्थीव शरीरलाई श्रद्धाञ्जलीका लागि मोरङ सहकारी अस्पतालकै प्राङ्गणमा राखी आजै अन्तिम संस्कारका लागि भोजपुर लगिने कार्यक्रम रहेको पारिवारिक स्रोतले जनाएको छ ।

वि.सं. १९९५ सालमा भोजपुरको तिम्मामा जन्मिनुभएकी स्वर्गीय धनकुमारी राईको श्रीमान्, तीन छोरा र एक छोरी हुनुहुन्छ ।

प्रकाशित मिति: २० भाद्र २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्