देशभर फलिँदै डेंगु, यसबाट कसरी बच्ने ?


 


काठमाडाैँ, भाद्र २१
देशव्यापी रूपमा डेंगुको प्रकोप फैलदो क्रममा छ । डेंगु ‘एडिज’ प्रजातिको लामखुट्टेको टोकाइबाट सर्ने र फैलिने गर्छ । डेंगु सार्ने यो लामखुट्टेले प्रायः दिउँसो टोक्छ । वर्षा वा गर्मी मौसममा यस्तो लामखुट्टे बढी फैलिन्छ ।

डेंगु लागेपछि रगतमा प्लेटलेट्सको संख्या घट्न थाल्छ । रोग प्रतिरोधात्मक क्षमतामा ह्रास आउँछ । डेंगु तीनदेखि १४ दिनको अन्तरमा देखिन्छ । यो बीचमा लगातार ज्वरो आयो भने डेंगु भएको बुझ्नुपर्छ । अरु बेला आउने ज्वरोभन्दा डेंगुको ज्वरो निकै तिब्र हुन्छ । यस्तो बेला शरीरको तापक्रम १०२ देखि १०३ डिग्रीसम्मको हुन्छ । डेंगुको ज्वरो पाँचदेखि सात दिनसम्म रहन्छ । यो ज्वरोले मानिसलाई सिकिस्तै बनाउँछ ।

डेंगुको खास उपचार छैन । शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनु नै यसको एकमात्र उपचार हो । त्यस्तै, डेंगुका लक्षणहरू देखिनसाथ अस्पताल जानुपर्छ र चिकित्सकको सल्लाह र सम्पर्कमा रहनुपर्छ । उनीहरूको निगरानीमा बस्नुपर्छ । डेंगुबाट बच्नको लागि लामखुट्टेको टोकाइबाट बच्नुपर्छ ।

डेंगुमा कस्ता लक्षण देखिन्छन् ?
– ज्वरो आउने
– टाउको दुख्ने
– खान मन नलाग्ने
– खानाको स्वाद बदलिने
– ढाड, जोर्नी दुख्ने
– आँखाको गेडी दुख्ने
– आलस्य हुने
– पेट दुख्ने
– वाकवाकी लाग्ने
– कमजोर महसुस हुने÷ चक्कर लाग्ने
– चिसो अनुभव हुने
– शरीरमा रातो बिमिरा आउने
– नाक वा गिजाबाट रगत बग्ने
– बेहोस हुने आदि

कसरी बच्न सकिन्छ ?
– लामखुट्टेको टोकाइबाट बच्ने
– घर वरपर पानी जम्न नदिने
– पानी राख्ने भाँडा खुला नछाड्ने
– बाहुला भएको वा शरीर ढाकिने कपडा लगाउने
– सुत्दा सधैँ झुलको प्रयोग गर्ने
– झ्याल–ढोकामा जाली लगाउने
– आफू बस्ने वरपर लामखुट्टे मार्ने औषधी छर्किने
– लामखुट्टे भगाउने मल्हम दल्ने

उपचार के छ ?
डेंगुको खास उपचार नभएकाले खानपान र दैनिकीमा सुधार ल्याएर मात्रै यसबाट बाहिर निस्किन सकिन्छ । जस्तैः
– मनपरी औषधी खानु हुँदैन
– चिकित्सकको सल्लाह र निगरानीमा औषधि खानुपर्छ
– प्रशस्त झोल खानेकुरा खानुपर्छ ।
– सादा खाना खानुपर्छ
– धेरै नुन भएका खानेकुरा खानुहुँदैन ।
– ताजा र मौसमी फलफूल खानुपर्छ
– भिटामिन ‘सी’युक्त फल खानुपर्छ
– प्रसस्त पानी पिउनुपर्छ

प्रकाशित मिति: २१ भाद्र २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्