बुटवलबाट बेपत्ता भएका तीन बालक मुम्बईमा भेटिए


 


रुपन्देही, भाद्र २६
रुपन्देहीको बुटवलमा शुक्रबार विद्यालय जान निस्किए सँगै बेपत्ता भएका तीन जना बालक भरतको मुम्बईमा फेला परेका छन् ।

बुटवल उपमहानगर पालिका वार्ड-११ न्यु दर्गानगर बस्ने वर्ष १४ का सागर पौडेल, वर्ष १५ का प्रदीप पन्थी र वर्ष १६ का समीर लम्साल मुम्बइबाट आफन्तले सम्पर्कमा आएका हुन् । बालकहरू भारतको मुम्बईमा भेटिएको १५ बालक सागरका मामा राजु पन्थीले जानकारी दिए ।

उनीहरू बुटवल-११ देवीनगरमा रहेको नवीन औद्योगिक कदर बहादुर स्कुलमा कक्षा ९ पढ्ने विद्यार्थी हुन् । शुक्रबार विद्यालय जान्छौँ भनेर हिँडेका बालकहरू सम्पर्कमा नआएपछि परिवारले खोजतलासको लागि इलाका प्रहरी कार्यालय बुटवलमा निवेदन आफन्तहरूले दिएका थिए ।

प्रकाशित मिति: २६ भाद्र २०७९, आइतबार

प्रतिक्रिया दिनुहोस्