डाेनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित


 


mr-trump-yellow-tieकाठमाडौं, कात्तिक २४

डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका छन । डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टन लाई पछि पार्दै रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प अमेरिकामा राष्ट्रपति बन्न सफल भएका छन ।

ट्रम्पले २७८ मत प्राप्त गरे भने क्लिन्टनलार्इ २१८ मात्र प्राप्त भयाे । अमेरिकामा ४५ औं राष्ट्रपति चयनका लागि मंगलबार मतदान भएको थियाे । राष्ट्रपति पदको यो महासंग्राममा चार जना उम्मेदवार मैदानमा भए पनि मूख्यतः रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच नै प्रतिस्पर्धा थियो ।

यो निर्वाचनमा ५० वटा राज्य र वासिङटन डीसीका गरी कुल १२ करोड अमेरिकी मतदाता सहभागी रहेका थिए । प्रतिनिधिसभा र सिनेटमा चुनिने प्रतिनिधिका आधारमा इलेक्ट्रोरल कलेज मत राज्य अनुसार फरक–फरक हुने गर्दछ ।

मत परिणाम अनुसार उनि अमेरिकामा ४५औं राष्ट्रपति बन्न सफल भएका छन ।

अाखिर काे हुन् डाेनाल्ड ट्रम्प ?

ट्रम्प अमेरिकी राष्ट्रपति बने नेपालीलाई के हुन्छ ?

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्