काे बन्ला अमेरिकाकाे राष्ट्रपति ? यी हुन् दुर्इ निर्णायक राज्य


 


एजेन्सी, कार्तिक २४

अमेरिकी राष्ट्रपति निर्वाचनको मत परिणाम आउन क्रम जारी छ । र, डोनाल्ड ट्रम्पले चुनाव अगाडि भएका मत सर्वेक्षणहरुको तुलनामा धेरै राम्रो प्रदर्शन गरिरहेका छन् । खासगरी अनिर्णित मानिएका राज्यहरुमा ट्रम्प हावी भएका छन् ।

खाससरी ओहाला, फ्लोरिडामा ट्रम्प विजयी भएका छन् । र, ४० राज्यको मत परिणाम आइसक्दा ट्रम्प अगाडि छन् । उनले २३८ इलेक्टोरल भोट पाएका छन् भने डेमोक्रेटिक पार्टीकी क्लिन्टनले २०९ मत मात्र पाएकी छन् ।

अन्न्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार अब एरिजोना, मिसिगन र पेन्सलभेनिया राज्य निर्णायक देखिएको छ । एरिजोनामा ११ र मिसिगनमा १६ मत छ ।

पेन्सलभेनियामा २० इलेक्टोरल भोट छ । र, यी राज्यमा जो विजयी हुन्छ, त्यही उम्मेदवार राष्ट्रपति बन्ने सम्भावना छ ।
यो दुबै राज्यमा जारी मत गणनामा अहिले ट्रम्प अगाडि छन् । पेन्सलभेनियामा भने हिलरीले लिड लिएकी छन् ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्