आज एमाले प्रवेश गर्दै पूर्वआईजीपी सर्वेन्द्र खनाल



काठमाडौं, असाेज ६
पूर्वप्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेकपा एमाले प्रवेश गर्ने भएका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उनलाई आजै पार्टी प्रवेश गराउने तयारी गरेका छन् ।

एमालेबाट निर्वाचन लड्न टिकट नै लिनेगरी उनी पार्टी प्रवेश गर्न लागेको बताइएको छ । खनाल काठमाडौं वा तनहुँबाट चुनाव लड्नगरी एमालेमा प्रवेश गर्न लागेका हुन् ।

प्रहरीमा बहालमा रहँदा खनालको निकै लोकप्रियता रहेको थियो । खनालले बुधबार अध्यक्ष ओलीसँग बालकोटमा भेट गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News