भोजपुरमा लौरो लिएर जाँदै रमेश ओझा


 


काठमाडौं, असोज ७
आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा प्रतिनिधि सभा सदस्यका लागि भोजपुरमा स्वतन्त्र उम्मेदवार रमेश ओझा उठ्ने भएका छन् ।

अहिले चर्चामा रहेको चुनाव चिन्ह लौरो लिएर ओझा स्वतन्त्रबाट चुनावमा होमिएका छन् । काठमाडौैंमा हालै लौरो अभियानको घोषणा कार्यक्रमबाट ओझाले उम्मेदवारी घोषणा गर्दै लौरो चुनाव चिन्ह लिएर भोजपुर जान लागेको जानकारी दिए ।

भोजपुर नगरपालिका वडा नं ११ आम्तेकका ओझा लामो समयदेखी वामपन्थी विचारधारासँग नजिक थिए । सफल पर्यटन व्यवसायीको छवि बनाएका ओझाको उम्मेदवारी घोषणाले भोजपुरका यतिबेला चर्चा पाएको छ ।

अधिवक्ता समेत रहेका ओझा लामो समयदेखि पर्यटन व्यवसायमा सक्रिय छन् । चाँडै चुनावी घोषणा पत्र सार्वजनिकको तयारीमा रहेको बताउँदै ओझाले आफुले चुनाव जित्ने दाबी समेत गरे ।

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्