झन् उग्र बन्दै इरान प्रदर्शन, सयौँ आन्दोलनकारी पक्राउ



तेहरान, असाेज ९
एउटी युवतीको हिरासतमा मृत्यु भएपछि इरानी प्रहरीले एक साताभन्दा लामो प्रदर्शनका क्रममा मात्र एउटा प्रान्तमा ७०० भन्दा बढी व्यक्तिलाई पक्राउ गरेको तस्निम समाचार एजेन्सीले शनिबार जनाएको छ ।

गुइलान प्रान्तका प्रहरी प्रमुख जनरल अजिजोल्लाह मलेकीले ६० जना महिलासहित ७३९ प्रदर्शनकारीलाई गिरफ्तार गरिएको बताएका छन् ।

२२ वर्षीया कुर्दिश महिला महसा अमिनीको प्रहरी हिरासतमा मृत्यु भएका थियो । प्रदर्शनका क्रममा ५० भन्दा बढी मृत्यु भएको मानवअधिकारवादी समूहले जनाएको छ । अहिलेसम्मको प्रदर्शनमा कम्तीमा ५० प्रदर्शनकारीको मृत्यु भएको ओस्लोमा रहेको मानवअधिकारवादी समूह इरान ह्युमन राइट्सले जनाएको छ ।

यद्यपि, यो संख्या ३५ रहेको सरकारले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ । प्रदर्शनकारीले सर्वोच्च नेता आयतोल्लाह अली खमेनीको तस्बिर जलाएर उनको राजीनामा माग गरेका छन् ।

सामाजिक सञ्जालमा पोस्ट गरिएको भिडियोमा प्रदर्शनकारीले राजधानी तेहरानका विभिन्न स्थानमा साँझ परेपछि जम्मा भएर हिजाबविरोध प्रदर्शन गरेका देख्न सकिन्छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News