आखिर मंगलबार मात्रै किन हुन्छ अमेरिकी राष्ट्रपतिको निर्वाचन ?


 


us-electon

काठमाडौं, कात्तिक २४
अमेरिकामा प्रत्येक चार सालमा हुने राष्ट्रपतिको निर्वाचन विगत १ सय ७० वर्ष देखि केवल मंगलबार मात्रै हुँदै आएको छ ।

सन् १८४५ मा अमेरिकी काँग्रेसले गरेको निर्णय अनुसार प्रत्येक चार सालमा राष्ट्रपतिको निर्वाचन हुदाँ नोभेम्बर महिनाको पहिलो सोमबारको भोलिपल्ट अर्थात मंगलबार नै हुँदै आएको छ ।

यसै सिलसिललामा अमेरिकी काँग्रेसको यो प्रस्ताव पास पनि भएको थियो । र त्यही साल देखि नै अमेरिकामा नोभेम्बर महिनाको पहिलो सोमबारको अर्को दिन अर्थात मंगलबारको दिन राष्ट्रपतिको निर्वाचन हुँदै आएको छ ।

यो पक्रिया कुनै धर्मसँग सम्बन्धित अर्थात यो कुनै धार्मिक परम्पराको भावना होइन । बरु किसानको हितलाई भने मध्यनजर गरेरै यो निर्णय गरिएको छ ।

यद्यपि त्यो समयमा अमेरिका कृषि प्रधान देश थियो । राष्ट्रपति निर्वाचनको लागि नोभेम्बर महिना किसानहरुलाई ध्यानमा राखेर नै निर्णय गरेको थियो ।

गर्मी महिनाको सुरुवात वा फेरि वसन्त ऋतुको समयमा निर्वाचन गर्नाले खेती प्रभावित हुने आशंका थियो ।

मंगलबारको दिन नै यसको लागि छानिएको थियो कि टाढा टाढबाट निर्वाचन स्थलमा आउने भोटरहरुको आइतबारको दिन आवत जावत मा नै न बितोस् र आइतबारका दिन चर्च पनि जान सकुन् भनेर ।

उक्त समयमा अमेरिकाको ठुलो जनसँख्या कृषि सम्बन्धि कार्यहरुमा आबद्ध थियो र भोट हाल्नुको लागि कहिले काँही लामो यात्रा पनि गर्नुपर्ने हुन्थ्यो । त्यो यात्रा कहिले धेरै दिनको पनि हुन जान्थ्यो ।

ती दिनहरुमा अमेरिकामा किसान शनिबार सम्म आफ्नो काम गर्थे र आइतबार प्रायः आराम गर्थे साथै केही कोही चर्च पनि जाने गर्थे ।

यस्तोमा हप्ताको अन्तिममा निर्वाचन राखेपनि भोट कम खस्ने आशंका थियो ।

यसै कारण विश्वको सबै भन्दा शक्तिशाली राष्ट्रपतिको निर्वाचन नोभेम्बरको पहिलो सोमबार पछि आउने मंगलबार नै राखिएको हो । र त्यसै अनुसार राष्ट्रपतिको निर्वाचन हुँदै आएको पनि छ ।

प्रकाशित मिति: २४ कार्तिक २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्