Deshko News
११ आश्विन २०८०, बिहिबार

समानुपातिक बन्दसूचीमा राणा–लोहनी हानाथाप, गोप्य मतदानबाट टुंगियो विवाद



काठमाडौं, असाेज ११
राष्ट्रिय प्रजातन्त्र पार्टीका दुई पूर्वअध्यक्षबीच आगामी प्रतिनिधिसभा समानुपातिक बन्दसूचीमा ‘को अगाडि पर्ने ?’ भन्ने विषयले रोचक वातावरण बनाएको छ ।

पूर्वअध्यक्ष पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनीबीच समानुपातिक बन्दसूचीमा ‘को अघि बस्ने ?’ भन्ने विषयमा विवाद भएपछि सोमबार राप्रपा केन्द्रीय कार्यसम्पादन समितिले गोप्य मतदान गरी विवाद मिलाएको छ ।

राप्रपा कार्यसम्पादन समितिमा २१ सदस्यलाई मताधिकार छ । उनीहरूमध्ये अध्यक्ष राजेन्द्र लिङ्देनले भने मतदान गरेनन् । मतदान क्रममा राणालाई ११ र र लोहनीलाई ९ मत प्राप्त भएको छ । उनीहरू दुबैको नाम पार्टीले समानुपातिक निर्वाचनका लागि पेस गरेको बन्दसूचीमा समावेश छन् । तर, बन्दसूचीमा अन्तिम संशोधन गर्दा दुईमध्ये ‘कसको नाम अगाडि राख्ने ?’ भन्नेमा समस्या देखिएको थियो ।

वरियता विषयमा विवाद भएपछि अध्यक्ष लिङ्देनले नेताद्वयलाई नै छलफल गरी निर्णय दिन भन्दै आएका थिए । तर, दुबै नेताको अडानका कारण समस्या समाधान नभएपछि सोमबार बसेको कार्यसम्पादन समिति बैठकले मतदानबाट निर्णय लिएको हो । राजधानी दैनिकबाट

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News