दशैंको दोस्रो दिन : ब्रह्मचारिणी देवीको पूजा गरिँदै


 


काठमाडौं, असाेज ११
हिन्दू नेपालीको महान चाड बडादसैँको आज दोस्रो दिन, देवीमन्दिर तथा शक्तिपीठहरूमा माता भगवती ब्रह्मचारिणीको पूजाअर्चना गरी मनाइँदै छ ।

ब्रह्मचारिणीदेवीलाई बह्म विद्या शक्तिकी माताको रुपमा पूजा गर्ने प्रचलन छ । आज पनि देवी मन्दिरहरूमा पूजा गर्नेको भीड लागेको छ ।

ब्रहमचारिणीदेवीको पूना गर्नाले ब्रह्म अनुसार आचरण गर्ने शक्ति प्राप्त भई ब्रह्मचार्य जस्तो परम पदमा पुग्न सकिने शास्त्रमा उल्लेख छ । ब्रह्मचारिणीदेवीलाई भक्तिको प्रतीक मानिन्छ ।

देवीका तीन रुप महाकाली, महालक्ष्मी र महासरस्वतीको नवरात्रभर विधिपूर्वक आह्वान गरी पूजा गरिन्छ । महाकाली शक्तिको, महालक्ष्मी धनधान्य र ऐश्वर्यको एवम् महासरस्वती विद्या तथा बुद्धिको प्रतीकका रुपमा पूजाआजा एवं आराधना गर्ने परम्परा छ ।

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्