Deshko News
९ आश्विन २०८०, मंगलबार

ठूला दललाई चुनावी घोषणापत्रको चटारो



काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा भाग लिने तीन ठूला राजनीतिक दलहरू चुनावी घोषणापत्र तयारीमा व्यस्त भएका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादीलाई टिकटसँगै घोषणा पत्रको चटारोले च्यापेको हो ।

पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस र माओवादीले घोषणा पत्र निर्माणका लागि समिति बनाएर विभिन्न विज्ञसँग छलफल गरिरहेका छन् ।

उनीहरूले पाँच वर्षमा कार्यान्वयन गर्न सकिने विषयवस्तु समेटेर घोषणापत्र तयार गर्ने र जनतालाई छुने कार्यक्रमहरू ल्याउने तयारीमा रहेको नेताहरूले बताएका छन् । एमालेले पनि टिकटसँगै घोषणापत्रको काम सकेर जनतामाझ जाने बताएको छ ।

प्रकाशित मिति: ११ आश्विन २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News