पूर्व–पश्चिम रेलमार्ग निर्माणमा खर्च २४ खर्ब, सरकार भन्छ – राज्यको ढुकुटीबाट बनाउन सकिन्न



काठमाडौं, असाेज १२
पूर्व–पश्चिम रेलमार्ग निर्माणमा करिब २४ खर्ब रुपैयाँ लाग्ने भएको छ । सरकारले गरेको अध्ययनले रेलमार्ग निर्माणका लागि नेपालको १ आर्थिक वर्षको वार्षिक बजेटभन्दा बढी लागत लाग्ने देखाएको हो ।

नेपालको एक आर्थिक वर्षको वार्षिक बजेटभन्दा बढी एउटा आयोजनामै हुने देखिएपछि सरकारले ‘पूर्व–पश्चिम रेलमाग आफ्नै स्रोतसाधनबाट निर्माण गर्न सम्भव नरहेको’ निचोडसमेत निकालेको छ ।

नेपालको एक आर्थिक वर्षको पुँजीगत बजेटको आकार करिब ४ खर्ब रुपैयाँबराबरको छ । पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न भने एक आर्थिक वर्षको पुँजीगत खर्चभन्दा करिब ६ गुणा बढी लाग्नेछ ।

सरकारले आफ्नै स्रोतबाट पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न असम्भव रहेको जनाएसँगै रेलमार्ग निर्माणका लागि विदेशी दातृराष्ट्र वा अन्य निकायको सहयोगको भर पर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सरकारको आफ्नै स्रोतसाधनबाट पूर्व–पश्चिम रेलमार्ग निर्माण गर्न नसकिने जनाएको छ । राजधानी दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News