निर्वाचन आचारसंहिता आजबाट लागू, के गर्न पाइन्छ के पाइँदैन ?


 


काठमाडौं, असाेज १२
मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता लागु गरेको छ ।

आयोग पदाधिकारी बैठकले मंगलबार मध्यरातबाट निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।

केन्द्र सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निर्वाचनमा भाग लिने राजनीतिक दलदेखि कर्मचारी, सेना, प्रहरी, विद्यालयका शिक्षक, प्राध्यापकलगायत विभिन्न सरोकारवाला पक्षमा आचारसंहिता लागू हुनेछ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत बनाउने आयोगको अठोट रहेकाले आचारसंहिता पालनामा सबै दल तथा निकायको सहयोग रहने विश्वास लिइएको छ ।

प्रकाशित मिति: १२ आश्विन २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्